नेपाल टेलिभिजनले लोक गायिकाको अन्तर्वार्तामा पहिरन गतिलो नभएको भन्दै अन्तर्वार्ता प्रसारणमा रोक लगाएको छ । नेपाल टेलिभिजनको च्यानल २ अर्थात एनटिभी २ मा हरेक बिहान प्रसारण हुने कार्यक्रम ‘टि टाइम’मा अन्तर्वार्ता दिएकी लोक गायिका ज्योति मगरको अन्तर्वार्ता टेलिभिजनले रोकेको हो ।
प्रत्येक कार्यक्रममा बिभिन्न क्षेत्रका कलाकारसँगको अन्तर्वार्ता प्रसारण गर्दै आएको उक्त कार्यक्रममा ज्योतिको पोशाक उत्ताउलो त्यसैमाथि वक्षस्थल समेत देखिने गरी लगाएकाले अन्तर्वार्ता रोकेको टेलिभिजनले जनाएको छ । टि टाइमका निर्देशक तथा लोक गायक इन्द्र जिसीले भड्कलिो पहिरनका कारण अन्तर्वार्ता रोकिएको जानकारी आफूले पाएको बताए ।
कार्यक्रमकी संचालिका इमेज टेलिभिजनमा कार्यक्रम चलाउँदै आएका शोभा त्रिपाठी हुन् ।
Post a Comment