0
तिमीलाई दु:ख परेको देख्न सक्दिन म ,
तिम्रो बियोगको कथा लेख्न सक्दिन म ।

बिरामी छौ थाहा छ शंका गर्छन सबै ,
भेट्न भनि तिम्रो आँगन टेक्न सक्दिन म ।

तिम्रो बारे नराम्रा कुरा सुनाउँछनअरु ,
झर्छ आशुँ आँखाबाट छेक्न सक्दिन म ।

अतित सम्झन्छु अनि चस्किन्छ मुटु मेरो ,
पिडा दिने तिम्रा याद लखेट्न सक्दिन म ।।..   

Post a Comment

 
Top