0
धेरै समयपछि एउटा गजल,,,,,,,,,,,,,,,,
========================================
फलेको हाँगो झुकेको हुन्छ भन्नुहुन्छ बा |
पढ्नेले सबै बुझेको हुन्छ भन्नुहुन्छ बा |

लेख्न नछोड छोरा, रवि नपुग्ने ठाउँमा ,
उत्कृष्ट कवि पुगेको हुन्छ भन्नुहुन्छ बा |

जो आफ्नो लछ्यमा अडिग भई काम गर्छ ,
उस्ले शिखर चुमेको हुन्छ भन्नुहुन्छ बा |

तिनै सन्तान ईश्वरका सच्चा भक्त हुन ,
जस्ले बाआमा पुजेको हुन्छ भन्नुहुन्छ बा |

माया अन्धो हुन्छ , त्यसै भनिएको कहाँ हो र ,
यस्मा संसार भुलेको हुन्छ भन्नुहुन्छ बा |

Post a Comment

 
Top