‘कोहिनूर’ हेरेपछि कसले के भने ?बाबुराम भट्टराई, पुर्वप्रधानमन्धी भट्टराई :
फिल्म उच्च कोटीको बनेको छ । श्रीकृष्ण
जीले अन्तिम अम्मर फिल्म दिएर
जानुभएको छ । उहाँप्रती श्रद्धाञ्जली प्रकट
गर्दै उच्च सम्मान व्यक्त गर्दछु ।
रुक्मान्द कट्वाल, पुर्व सेनापती : हामीले
श्रीकृष्ण जी जस्तो अनमोल व्यक्ति गुमाउन
पुग्यौं । यो फिल्मले उहाँको सम्झना आइरन्छ
। उहाँले फिल्म मार्फत दिन खोजेको सन्देश
पुरा होस् । श्वेताप्रती सहानूभुति छ ।
फिल्मले सबैको हृदय छोएको छ ।
करिश्मा मानन्धर, अभिनेत्री : फिल्म
राम्रा नराम्रो भन्दा मैंले त श्रीजीलाई हेरें
। श्वेता पनि आउँछिन् भनेर ‘कोहिनूर’ हेर्न
आएकाु हुँ । श्वेताको वेदनाको गहिराइ
कतिसम्म होला हामीले अनुमान लगाउन
सक्तैनौंं । फिल्म राम्रो भएर नै दर्शकले
हेरिरहुन भएको छ ।
गौरी मल्ल, अभिनेत्री : मसँग त भन्ने
केही शब्द नै छैन । फिल्मको सुरुमै
श्रीकृष्णलाई
श्रदाञ्जली दिएको फोटो देख्दा मनमा एक
किसिमको धक्का लाग्यो । फिल्मले सन्देश
बोकेको छ । फिल्म धेरै राम्रो बनेको छ ।
दिपाश्री निर्रौला, अभिनेत्री :
कथा भन्दा पनि मैंले त श्री दाईलाई हेरें ।
आँखामा श्री दाइको छायाँ आइरह्यो । धेरै
संवादले रुवायो । दाइको यो दुःखद
घटना थाहा भएजस्तो गरी फिल्मको कथा लेखिएको रहेछ
। महाभारतमा श्रीकृष्ण जन्मिए जस्तै
हाम्रो फिल्म क्षेत्रमा पनि अर्को श्रीकृष्ण
जन्मनु पर्छ ।
Post a Comment